लायन्स क्लबद्वारा ओखलढुंगा जिल्लाको लिखु गाउँ पालिकाका विभिन्न विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण 

राम्रो अनलाइन     १४ भदौ २०८१, शुक्रबार
लायन्स क्लबद्वारा ओखलढुंगा जिल्लाको  लिखु गाउँ पालिकाका विभिन्न विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण 

काठमाडौं–लायन्स क्लब इन्टरनेसनल मल्टिपल डिस्ट्रिक ३२५ का डिस्ट्रिक गभर्नर लायन शंकर कुमार शारदाको प्रमुख आतिथ्यमा जोन १९ अन्तर्गतका लायन्स क्लब अफ ओखलढुंगा पोकली वाटर फल,  काठमाडौं हाइट र हलेसी मार्टद्वारा ओखलढुंगा जिल्ला लिखु गाउँ पालिका वडा नं. ३,४ र ८ का श्री गोरखनाथ आधारभूत विद्यालय, सिद्धमनपुर देवी आधारभूत विद्यालय र मनकामना आधारभूत विद्यालयका विद्यार्थीहरुको लागि स्कुल ब्याग र स्टेसनरी लगायतका शैक्षिक सामाग्री लिखु गाउँ पालिका वडा नं. १ का वडाध्याक्ष हिराबहादुर कार्की लगायतका जनप्रतिनिधिहरुलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । 

डिस्ट्रिक मेन्टल हेल्थ चियर पर्सन तथा पोकली झरना सेवा समाजका संस्थापक अध्यक्ष लायन गुरु केदार बरालको सक्रियता र जोन चियर पर्सन लायन दिनेश कार्कीको समायोजन तथा पोकली वाटर फलका अध्यक्ष सिताराम बानियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन गुरु केदार बरालले गरेका थिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै डिस्ट्रिक गभर्नर शंकर कुमार शारदाले लायन्स क्लब ओखलढुंगा पोकली वाटर फाल, काठमाडौं हाइट र हलेसी मार्ट तीनवटै क्लबद्वारा संयुक्तरूपमा आयोजित बिगतका कार्यक्रमको स्मरण गर्दै  कार्यक्रममा सहभागी हुन पाएकोमा र क्लबहरूको सक्रियताले आफूलाई धेरै खुशी लागेको बताए ।  मल्टिपल डिस्ट्रिक लियो चियर पर्सन तथा पुर्व डिस्ट्रिक गभर्नर लायन मधुकर उपाध्यायले क्लबहरूले गरेका सहयोग कार्यक्रम प्रति धन्यवाद र यस्ता कार्यक्रमको निरन्तरताको लागि शुभकामना दिँदै लायन्स सदस्यहरूले के कसरी क्लब परिवर्तन गर्न सक्छन् भन्ने बिषयमा प्रष्ट पारेका थिए । मल्टिपल डिस्ट्रिक एड्मिनिस्ट्रेटर लायन प्रधुम्न पोखरेलले लायन्स क्लबको स्थापना, यसको बिकास र हालको अवस्थाको बारेमा उल्लेख गरेका थिए। 

लिखु गाउँ पालिका वडा नं. १ का वडाध्याक्ष हिरा बहादुर कार्कीले आफू लायन नरहेको तर लायन्स क्लबले बिकट गाउँका विद्यार्थीलाई गरेको सहयोग र गुरु केदार बरालको सक्रियतालाई धन्यवाद दिए । हलेसी मार्टका संस्थापक अध्यक्ष दीपक कटवालले क्लबबाट बिगतमा गरेका कार्य र आउदा दिनमा गर्ने कार्यको बारेमा चर्चा गरेका थिए। पोकली वाटर फलका अध्यक्ष सिताराम बानियाले कार्यक्रमलाई सम्बोधन गर्दै क्लबले गुणस्तरीय शिक्षा र शिक्षामा सबैको पहुँच पुगे समाज आफैँ बन्ने उद्देश्यका साथ गरिएको यो सहयोग आफैँ केही नभए पनि सहयोगी हातहरूका लागि अग्रसर हुन प्रेरणा मिल्ने बिश्वास व्यक्त गर्दै कार्यक्रममा सहभागी हुनुहुने सबै प्रती आभार प्रकट गरेका थिए । बरिस्ठ निउरोसर्जन लायन डाक्टर पवन सुल्तानियाले क्लबलाई स्वस्थ राख्न सबै लाग्नु पर्नेमा जोड दिएका थिए।

गुरु केदार बरालले कार्यक्रम संचालन गर्दै करिब ५ हजार स्कुल ब्याग र ४ हजार फलफुलका बिरुवा बितरण गर्ने लक्ष्य रहेको र लिखु गाउँ पालिकाका आठै वटा हाइस्कुललाई स्कुल ब्याग बितरण गर्ने तथा आवश्यकताको आधारमा  खाद्यान्न बितरण गरिने बताए । जोन चियर पर्सन लायन दिनेश कार्कीले सहभागी सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा तीनवटै क्लबका लायन पदाधिकारी तथा सदस्य, लिखु गाउँ पालिका अन्तर्गतका समाज सेवी, पत्रकारको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया