अवरुद्ध कान्ति लोकपथ खुल्यो

राम्रो अनलाइन     २० भदौ २०८१, बिहिबार
अवरुद्ध कान्ति लोकपथ खुल्यो

 

मकवानपुर – वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो ।

उक्त स्थानमा खसेको पहिरो पन्छाई यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

हेटौंडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा यातायात सञ्चालन भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया