नेप्से निरन्तर ओरालो यात्रामा, कारोबार रकम पनि घट्दो

राम्रो अनलाइन     २५ भदौ २०८१, मङ्गलबार
नेप्से निरन्तर ओरालो यात्रामा, कारोबार रकम पनि घट्दो

 

काठमाडाैं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि दोहोरो अंकले घटेको छ। साताको पहिलो कारोबारदेखि नै दोहोरो अंकले घटेको सेयर बजार आज पनि ओरालो लागेको हो।

आज नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को विन्दुमा अडिएको छ। आज १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता सेयरको खरिदबिक्री हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ।

हिजो सोमबार नेप्से परिसूचक ५८.८६ अंकले घटेर २६४६.०३ को विन्दुमा अडिएको थियो र २ करोड ९ लाख १७ हजार ९८२ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३६ करोड ९८ लाख ३५ हजार रुपैयाँको कारोबार भएको थियो।

यसैगरी आइतबार नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० को विन्दुमा अडिएको थियो। त्यसदिन २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब १२ करोड २४ लाख ८ हजार रुपैयाँको कारोबार भएको थियो।

 

 

प्रतिक्रिया