अमेरिकाबाट आउँदा विमानस्थलबाटै बेपत्ता भएका व्यक्ति भेटिए

राम्रो अनलाइन     ३० भदौ २०८१, आइतबार
अमेरिकाबाट आउँदा विमानस्थलबाटै बेपत्ता भएका व्यक्ति भेटिए

 

काठमाडौं–  अमेरिकाबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका एक व्यक्ति भेटिएका छन् ।

विमानस्थलबाटै वेपत्ता भएका पर्वतको पैंयू गाउँपालिका–१ घर भएका ७६ वर्षीय दण्डपाणि भुसाल भेटिएका हुन् । उनी एकान्तकुनामा भेटिएको भुसालका ज्वाईं मधु वस्तीले अनलाइनखबरलाई बताए ।

एक पठाओ चालकलाई भुसालले छोरीको घर जानु पर्ने बताएका थिए । ती पठाओ चालकले सोधखोज गर्ने क्रममा आफू शनिबार रातिदेखि हराएको बताएका थिए । भुसालकै मोबाइलमा छोरीको नम्बर भेटिएपछि पठाओ चालकले नै सम्पर्क गरेर खबर गरेको वस्तीले बताए । शनिबार राति १०:२५ बजेदेखि एअरपोर्टबाट बेपत्ता भएका भुसाल त्यसरात भने एअरपोर्ट बाहिर नै बसेको परिवारलाई बताएका छन् । भुसाल हराएको भन्दै आफन्तले प्रहरी वृत्त गौशालामा जाहेरी समेत दिएका थिए ।

 

 

प्रतिक्रिया