चोटका कारण स्वर्ण जित्न असहज भयो : एरिका गुरुङ

राम्रो अनलाइन     ०८ असोज २०८१, मङ्गलबार
चोटका कारण स्वर्ण जित्न असहज भयो : एरिका गुरुङ

 

काठमाडाैं – एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक पदक दिलाएकी एरिकाले गुरुङले स्वर्ण जित्ने लक्ष्य भए पनि चोटका कारण सम्भव नभएको बताएकी  छिन्। 

ऐतिहासिक रजत पदकसहित मङ्गलबार स्वदेश फर्किएकी एरिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घुँडामा लागेको चोटका कारण फाइनलमा समस्या भएको बताइन् । एरिकाले आफ्नो लक्ष्य स्वर्ण नै जित्ने भए पनि विपक्षी धेरै राम्रो रहेको जिकिर गरिन्।

फाइनलमा बेहोरेको हारले अझै धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको उल्लेख गर्दै आफ्नो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । आगामी दिनमा योभन्दा राम्रो नतिजा ल्याउने उनले विश्वास दिलाइन्। 

आज त्रिभुवन विमानस्थलमा पदक विजेता एरिका, उनका प्रशिक्षक कुशल श्रेष्ठ र नेपाली टोलीको बाजागाजासहित भव्य स्वागत गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले नेपाली टोलीलाई स्वागत गरिएकाे  थिए। 

नेपाल कराँते महासङ्घ, नेपाल पुलिस क्लब र विभिन्न खेलका खेलाडी नेपाली टोलीको स्वागतमा उपस्थित रहे । सो अवसरमा नेपाली टोलीका प्रशिक्षक कुशल श्रेष्ठले पहिलोपल्ट सिनियर एसियन च्याम्पियनसिपमा जितेको पदक सम्पूर्ण नेपालीमा समर्पित गर्दै फाइनलसम्म एरिकाको प्रदर्शनबारे पनि चर्चा गरिएकाे  थियाे। 

कुशलले चोटका कारण एरिकाले फाइनलमा अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेको र फाइनलमा एरिकाको प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाले पनि स्वर्ण जित्न असफल भएको बताइन्। प्रशिक्षक कुशलले जित र हार एउटा खेलाडीको जीवनमा आइरहने भएकाले यसलाई शिक्षाको रूपमा लिएर अगाडि बढ्नुपर्ने धारणा राखिन्।

सो अवसरमा राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले एकपल्ट फेरि एरिकाले आफूलाई प्रमाणित गरेको उल्लेख गर्दै उनले अझैँ धेरै सफलता दिलाउन सक्ने विश्वास व्यक्त गरिन् । उनले यो सफलतामा प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षण र नेपाल कराते महासङ्घको व्यवस्थापन सह्रानीय रहेको भन्दै प्रशंसा गरे। सन् २०२६ मा हुने २० औँ एसियाली खेलकुदमा कराते नेपालका लागि मेरुदण्ड नै रहेको भन्दै खेलाडीहरूको एक्सपोजरका लागि राखेपले थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरिन्। एरिकासँगै अन्य खेलाडीले सम्भावना देखाएकाले उनीहरूको प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राखेपले सहयोग गर्ने बताएका छन् ।

एरिकाले चीनको हाङझाउमा सम्पन्न २० औँ सिनियर एसियन कराँते च्याम्पियनसिपमा महिला कुमुते ६८ केजी तौलसमूहमाथि रजत पदक जितेकी थिइन् । नेपालका कुनैपनि खेलाडीले यस अघि एसियन सिनियर कराँते च्याम्पियनसिपमा पदक जित्न सकेको थिएन । यद्यपि, उनी पहिलो स्वर्ण जित्न भने चुक्नि । यसअघि एरिका चीनकै हाङझाउमै एसियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्नबाट चुकेकी थिइन् ।

प्रतिक्रिया