आज र भोलि राति मुग्लिन-नारायणगढ सडकखण्डमा गाडी चलाउन नपाइने

राम्रो अनलाइन     ११ असोज २०८१, शुक्रबार
आज र भोलि राति मुग्लिन-नारायणगढ सडकखण्डमा गाडी चलाउन नपाइने

 

काठमाडाैं – मुग्लिन-नारायणगढ सडकखण्डमा आज र भोलि राति गाडी चलाउन नपाइने भएको छ। विपद् प्राधिकरणको निर्देशनअनुसार आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी साधन चलाउनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

निरन्तर पानी परिरहेकोले सो निर्णय गरिएको उनले बताए।  यसैगरी, भोलि साँझ ७ बजेदेखि पर्सि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको उनले बताए।

प्रतिक्रिया