सुनसरीमा पाँच सय परिवार बाढीले प्रभावित

राम्रो अनलाइन     १३ असोज २०८१, आइतबार
सुनसरीमा पाँच सय परिवार बाढीले प्रभावित

 

सुनसरी- बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन्। कोशी गाउँपालिका-४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिए।

इनरुवा नगरपालिका- १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा-१ का वडा सदस्य प्रदीप ढकालले जानकारी दिए। हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन्। जिल्लाका पाँच सयभन्दा बढी परिवार बाढीबाट प्रभावित भएका उनले बताए।

प्रतिक्रिया