विपिनको फोनमा गाजा भेटियो, हमासको नियन्त्रणमा रहेको दाबी

राम्रो अनलाइन     २२ असोज २०८१, मङ्गलबार
विपिनको फोनमा गाजा भेटियो, हमासको नियन्त्रणमा रहेको दाबी

 

काठमाडौँ- नेपालका विपिन जोशी अहिले पनि हमासको नियन्त्रणमा रहेको बीबीसीले उल्लेख गरेको छ । बीबीसीले इजरायलमाथि हमासले गरेको आक्रमणको सोमबार एक वर्ष पूरा भएको अवसरमा अहिले पनि हमासको नियन्त्रणमा रहेका विदेशी नागरिकको सूचीमा विपिनको नाम पनि समावेश गरेको छ ।

इजरायल सरकारका अनुसार गत ७ अक्टुबरमा हमासले २ सय ५१ जना इजरायली र विदेशी नागरिकलाई बन्धक बनाएको थियो । बीबीसीका अनुसार हालसम्म ९७ जनामध्ये विपिन पनि हमासको नियन्त्रणमा रहेको उल्लेख गरेको छ । 

बीबीसीका अनुसार २३ वर्षीय विपिनलाई इजरायलको किबुत्ज अलुमिमबाट हमासले बन्धक बनाएका थिए। विपिनका परिवारलाई इजरायली इन्टेलीजेन्सले यसबारे पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ र उनको फोनमा गाजा फेला परेको पनि बताइएको छ ।

कृषि अध्ययनका लागि विपिन इजरायल गएका १० जना नेपालीको भने हमासले हत्या गरेको थियो । तर, विपिनको अवस्थाबारे भने हालसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको नसकेपनि बीबीसीको रिपोर्टमा भने उनी अहिले पनि हमासको नियन्त्रणमा रहेको उल्लेख छ ।

 

 

प्रतिक्रिया