भिनिसियसको ह्याट्रिकमा रियलको पुनरागमन जित

राम्रो अनलाइन     ०७ कात्तिक २०८१, बुधबार
भिनिसियसको ह्याट्रिकमा रियलको पुनरागमन जित

 

काठमाडाैं – भिनिसियस जुनियरले ह्याट्रिक गरेपछि रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलमा बोरुसिया डर्टमन्डमाथि पुनरागमन जित निकालेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा रियलले बोरुसिया डर्टमन्डलाई ५-२ गोलले हरायो । रियललाई जिताउन भिनिसियसको ह्याट्रिकसँगै एन्टोनियो रुडिगर र लुकास भास्क्वेजले एक एक गोल गरे।

डर्टमन्डका लागि डोनिल मलेन र जिमी बियोन जिटेन्सले सान्त्ना गोल गर्नुभयो । पहिलो हाफमा २-० गोलले पछि परेको रियलले दोसो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो ।  जितसँगै तीन खेलमा ६ अङ्क बनाएको रियल नवौँ स्थानमा छ । पहिलो हार खेपेको डर्टमन्ड समान खेलबाट ६ अङ्क जोड्दै पाँचौँ स्थानमा छ । मङ्गलबार राति नै भएको अन्य खेलमा एस्टन भिल्लाले बोलोग्नालाई २-० गोलले पराजित गरेको छ । 

यस्तै पेरिस सेन्ट जर्मन (पिएसजी) पिएसभीसँग १-१ गोलको बराबरीमा रोकिएको छ । मोनाकोले क्रिभिना जेभजदालाई ५-१, एसी मिलानले क्लब बर्गलाई ३-१ र  स्टुटगार्टले युभेन्टसलाई १-० गोलले पराजित गरेको छ

प्रतिक्रिया