न्युजिल्यान्डका निशम जनकपुरमा अनुबन्ध

राम्रो अनलाइन     ०८ कात्तिक २०८१, बिहिबार
न्युजिल्यान्डका निशम जनकपुरमा अनुबन्ध

 

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले पहिलो विदेशी खेलाडीका रूपमा न्युजिल्यान्डका अलराउन्डर जिमी निशमलाई अनुबन्ध गरेको छ ।

जनकपुरले सामाजिक सञ्जालमार्फत ३४ वर्षीय निशमलाई भित्र्याएको जानकारी दिएकाे हाे । निसमले न्युजिल्यान्डका लागि ७९ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा ९४४ रन बनाएका छन् । यसैगरी उनको नाममा ३९ विकेट पनि छ ।

जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय किक्रेट टोलीका विकेटकिपर तथा ब्याटर आसिफ शेख छन् । यसैगरी टोलीले पुबुदु दासानायकेलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा जनकपुर  बोल्ट्ससहित लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया