काठमाडौं – आज शुक्रबार देशका पहाडी भूभागमा छिटपुट रूपमा हल्का वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाले जारी गरेको बुलेटिनअनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।
वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक\आंशिक असर पर्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।
हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। अहिले बिहान काठमाडौँ उपत्यकासहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।