तोलामा ५०० घट्यो सुन

राम्रो अनलाइन     २५ कात्तिक २०८१, आइतबार
तोलामा ५०० घट्यो सुन

 

काठमाडौं –  सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो ।

यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८० रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ ।

 

प्रतिक्रिया