कालीकोटमा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु

राम्रो अनलाइन     २५ कात्तिक २०८१, आइतबार
कालीकोटमा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु

 

कालीकोट – कालीकोटको पलाँता गाउँपालिका-३ राडुनेटामा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएकाे कालिकाेटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए।

दुर्घटनामा परेकाहरूकाे परिचय भने खुलेकाे छैन। आइतबार दिउँसाे साढे २ बजे २० जना यात्रु बाेकेकाे जिप दुर्घटनामा परेकाे हाे। जिप सडकबाट करिब ५०० मिटर तल खसेको छ। अहिले त्यहाँ उद्धार कार्य भइरहेकाे छ भने थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया