८ जना एसएसपी डिआइजीमा बढुवा

राम्रो अनलाइन     १० मंसिर २०८१, सोमबार
८ जना एसएसपी डिआइजीमा बढुवा

 

काठमाडाैं – ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट ८ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएका छन्।  आइतबार गृहमन्त्रालयले ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गरेको हो। 

बढुवाको पहिलो नम्बरमा ध्रुवराज राउत रहेका छन्। त्यसपछि भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर बिक रहेका छन्।  बढुवा भएकामध्ये गणेश चन्द दाङको एसपी रहँदा बिबादित थिए। 

प्रतिक्रिया