जुवातास खेलेको आरोपमा १५ जना पक्राउ

राम्रो अनलाइन     २७ मंसिर २०८१, बिहिबार
जुवातास खेलेको आरोपमा १५ जना पक्राउ

 

काठमाडाैं – जुवातास खेलेको आरोपमा काठमाडौं र ललितपुरबाट १५ जना पक्राउ परेका छन् । टोखा नगरपालिका–१० गोंगबु गणेशस्थान बस्ने ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा युवराज सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ५ सय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । त्यस्तै ललितपुर महानगरपालिका–१४ तिखिदेवल बस्ने चमन सिंह घलेको घरमा जुवातास खेलिरहेको अवस्थामा धादिङ घर भई काठमाडौं टोखा बस्ने ३६ वर्षीय लोर बहादुर गुरूङ समेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

प्रतिक्रिया