बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो

राम्रो अनलाइन     ०१ पुस २०८१, सोमबार
बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो

 

काठमाडाैं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ। आइतबार राती १२ बजेदेखि लागू हुने गरी २ रुपैयाँ बढाएर पोट्रोलको मूल्य  १५९ रूपैयाँ ५० पैसा कायम गरिएको छ। डिजेल र मट्टितेलमा भने २ रूपैयाँ मूल्य घटाइएको छ। 

घटाइएको मूल्यअनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४८ रुपैयाँ ५० पैसा कायम गरिएको छ।  भारतबाट मूल्यमा परिवर्तन भएकाले साेहीअनुसार यहाँ पनि मूल्यमा हेरफेर गरिएकाे निगमले जनाएकाे छ।

प्रतिक्रिया