सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य

राम्रो अनलाइन     ०३ पुस २०८१, बुधबार
सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य

 

काठमाडौं–  नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर वान मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य दिएको छ । 

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो ।जनकपुरका जिमी निशमले सर्वाधिक ४५ रन बनाए । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । शुभ कंशाकारले २६, लाहिरु मिलान्थाले १२, आसिफ शेखले ११, हर्ष थाकरले १२, अरनिको यादवले ११, शेर मल्लले ३ र मोहम्मद मोहसिनले १ रनको योगदान दिए । किशोर महत्तो २ र आकाश त्रिपाठी ४ रनमा अविजित रहे ।

प्रतिक्रिया