यस्तो छ आजको मौसम पूर्वानुमान 

राम्रो अनलाइन     ०५ पुस २०८१, शुक्रबार
यस्तो छ आजको मौसम पूर्वानुमान 


काठमाडौं– आज देशका अधिकांश स्थानमा मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले तराई, खोँच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको जनाएको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सफा रहने विभागको भनाइ छ। विभागले राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया