भान्छामै छ सुन्दर बन्ने काइदा

राम्रो अनलाइन     १३ वैशाख २०७८, सोमबार
भान्छामै छ सुन्दर बन्ने काइदा

भान्छामा काम गर्दागर्दै पनि चम्किलो र सफा छाला पाउन सकिन्छ । यसका लागि यी केही उपाय उपयोगी हुन सक्छन्ः   

–बाफ लिँदा अनुहारका रोमछिद्र खुल्छन् । धुलोमाटोले अनुहारका स–साना प्वाललाई बन्द गरिदिन्छन् । बाफ लिँदा त्यो फोहोर बाहिर निस्कन्छ र छाला सफा बन्छ । समय अभावका कारण पार्लर गएर अथवा घरमै पनि पानी तताएर बाफ लिन नसके प्रेसर कुकरको सिटीबाट निस्कने बाफ लिन सकिन्छ । भात वा तरकारी पकाउँदा कुकरको सिटीबाट बाफ निस्कँदा त्यसलाई अनुहारमा पार्न सकिन्छ । तर, यसो गर्दा अनुहार प्रेसर कुकरबाट अलिकति टाढा राख्नुपर्छ । नत्र, अनुहार झोसिने डर हुन्छ ।

–आँखामुनि देखिने कालो घेराका लागि आलु एकदमै उपयुक्त हो । आलुको बोक्राले डार्क सर्कल हटाउन मद्दत गर्छ । आलुको बोक्रा अनुहार र आँखा वरिपरिको भागमा रगड्नुपर्छ । १०–१५ मिनेटपछि अनुहार धुनुपर्छ । यसो गर्दा डार्क सर्कल कम भएर जान्छ ।

–भान्छामा अण्डा पकाउँदापकाउँदै अनुहारका नचाहिने रौँ पनि हटाउन सकिन्छ । त्यसका लागि अण्डाको झोलका पातलो तह अनुहारमा दल्नुपर्छ । सुकेपछि अनुहार धुनुपर्छ । केही हप्तासम्म यसो गरे सफा र चम्किलो छाला पाउन सकिन्छ ।

–दहीको प्रयोगबाट कोमल छाला पाउन सकिन्छ । दहीको पातलो तह अनुहारमा दल्नुपर्छ । सुकेपछि धुनुपर्छ । छाला नरम बनाउनुका साथै घाममा डढेको छालालाई पनि दहीले हटाउन मद्दत गर्छ । दहीमा मह पनि मिसाउन सकिन्छ ।
 

प्रतिक्रिया