सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ पुग्न कति ?

राम्रो अनलाइन     २३ पुस २०८१, मङ्गलबार
सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ पुग्न कति ?

 

काठमाडौं- सार्वजनिक यातायातको भाडा बढेको छ। सोमबारदेखि नै लागू हुने गरी यातायात व्यवस्था विभागले नयाँ भाडादरको सूची सार्वजनिक गरेको छ।  विभागका अनुसार यात्रुवाहक गाडीको भाडा ३ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ।

यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव शून्य पाँच प्रतिशत भाडा बढाएको विभागले जनाएको छ। भाडा निर्धारणका विभिन्न १३ वटा सूचक रहेका छन्।  यसअघि गएको वर्षको साउन ३१ गते भाडा बढेको थियो।

 

हेर्नुस् कहाँ पुग्न कति लाग्छ भाडा ?

 

 

प्रतिक्रिया