हातेमालो वुमन ग्रुपको वार्षिकोत्सव : छात्रवृत्ति र सम्मानसँगै महिलासशक्तिकरणको सन्देश

राम्रो अनलाइन     ०१ माघ २०८१, मङ्गलबार
हातेमालो वुमन ग्रुपको वार्षिकोत्सव : छात्रवृत्ति र सम्मानसँगै महिलासशक्तिकरणको सन्देश


काठमाडौं– हातेमालो वुमन ग्रुप अफ फाउण्डेशनले पाचौँ वार्षिक साधारण सभाको अवसर पारेर छात्रावृति तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । फाउण्डेशनले तारकेश्वर नगरपालिकाको  सभाहलमा कार्यक्रम सम्पन्न गरेको हो ।  कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडी, महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञावाली, नगरपालिका प्रमुख कृष्णहरि मर्हजन , मनमैजु माध्यमिक विद्यालयका प्रधानाध्यापक रविना मर्हजन, डब्लुएचओका प्रतिनिधी सुदन ज्ञवाली, फाउण्डेशनकी अध्यक्ष राधा सापकोटा ढकाल लगायतले वक्तव्य व्यक्त गरेका थिए । 

कार्यकममा बोल्दै मन्त्री सुडीले महिला सक्षम नभएसम्म  कुनै पनि देशको विकास नहुने बताउँदै सबै महिलालाई सक्षम हुन समेत आव्हान समेत गरे । उनले भने, ‘कुनैपनि देशको विकासको लागी महिलन सक्रिय हुनैपर्छ, नभए विकास कुनैपनि हालतमा सम्भव छैन । आज अमेरिका, अष्ट्रेलिया, युरोपका धेरै देशहरू किन सक्षम छन् त , त्यहाँ समानताको अधिकार छ, त्यसैले विकास भएको  छ । त्यसैले हामी नेपाली महिलाहरू पनि सक्षम हुन जरुरी छ । ’ 

यसैगरी उनले महिलाहरूले ३३ प्रतिशतमा मात्रै सिमित नरही ५० प्रतिशत हकहितको लागि आवाज उठाउनुपर्ने बताए । उनले भने, समानता हुनकोलागि महिलाले ३५ प्रतिशतमा मात्रै सिमित नभई ५० प्रतिशतको अधिकार प्राप्त गर्नुपर्छ । जसरी मैले मधेश प्रदेशको सामाजिक विकास मन्त्री हुँदा मधेसका महिलाहरुको लागी लोकसेवामा ५० प्रतिशत सिट दिनुपर्ने , लोकसेवा पढ्ने महिलाहरुलाई पढ्ने खर्च निशुल्क बनाएको थिएँ । त्यसरी नै  महिलाहरुले आफ्नो खुट्टामा उभिन सक्नुपर्छ र हक हितको लागी आवाज उठाउनुपर्छ । ’ 

कार्यक्रममा बोल्दै महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञावालीले विकासकालागि महिला उद्यमशीतला अत्यावश्यक भएको बताउँदै महिला उद्यमशील हुनुपर्ने कुरामा जोड दिइन् । ‘उद्यमशीलताको महत्व समाजमा धेरै छ , तर त्यसमा पनि महिलाउद्यमशीलतको उच्च महत्व छ । नेपालमा  ५१ प्रतिशत महिलाहरु छन् । सम्पूर्ण उद्यमको ६० प्रतिशत साना तथा मझौला उद्यमले ओगटेको छ र त्यसमा पनि २९ प्रतिशत उद्यम महिलाले गरिरहेका छन् । त्यसैले महिलालाई अग्रसर हुन उद्यमशील हुन एकदमै महत्वपूर्ण रहेको छ ।’  यस्तै उनले बजारलाई चलायमान बनाउनको लागी नेपालीहरुले नेपालमा बनेको सामान प्रयोग बताइन् । उनले भनिन् , ‘हाम्रो देशमा उत्पादन भएको वस्तुको प्रयोगकर्ता हामी नै हुनुपर्छ, जसले गर्दा नेपाली बजार चलायमान हुन्छ र यही उद्यमको बाटो बन्छ । आफैँले कमाएर अघि बढ्नुका साथै देशलाई आर्थिक रुपमा सहयोग गर्न सकिन्छ । ’ 

यसैगरी ज्ञवालीले नेपालसरकारले महिला उद्यम विकाशकालागि हरेक वर्ष रकम दिदैँ आएको हुँदा राज्यले गरेको सहयोगलाई ध्यानमा राख्दै उद्यम गर्नुपर्ने कुरामा जोड दिइन् । 

कार्यक्रममा बोल्दै मनमौजु माध्यमिक विद्यालयका प्रध्यनाध्यापक रविना मर्हजनले छात्रवृतिकालागि हातेमालो फाउण्डेशनलाई धन्यवाद दिदैँ छोरीहरु समस्या होइनन ,  अवसर पाएको खण्डमा छोरासरह काम गर्न सक्ने बताइन् । 

उनले भनिन् ,‘ जो मान्छेले संकटलाई शक्तिमा बद्ल्छ, उ सफल हुन्छ । चाहेँ त्यो छोरा होस् या छोरी । समाजमा छोरीलाई टेनशनको रुपमा हेर्ने चलन छ तर उनीहरुले पनि अवसर र ठाउँ पाएमा टेन शनले गर्न सक्ने काम गर्न सक्छन् । ’ उनले सामुदायिक विद्यालयहरुले विद्यार्थीलाई सानै उमेरमा जिम्मेवारी बोध गर्न सिकाएको बताइन् । 

‘धनी परिवारका विद्याथीहरु सामुदायिक विद्यालयमा पढ्दैनन्, सामुदायिकमा निम्न वर्गका पनि निम्न तहका बालबालिका अध्ययान गर्छन् , नेपालको डाटा हेर्ने हो भने, सामुदायिक विद्यालयले विद्यार्थीलाई सानै उमेरमा सङघर्ष गर्दै जिम्मेवारी बोध गर्न सिकाएको छ । सामुदायिक विद्यालयका अभिभावहरुमा आइरन गराएर र जुत्ता टल्काएर स्कुल पठाउने हैसियत नभएनि संस्कार र सङघर्ष भने सिकाएको छ । ’ 

कार्यक्रममा बोल्दै डब्लुएचओ प्रतिनिधी सुदन ज्ञवालीले राम्रो काम गरे मात्रै खुसी मिल्ने बताउँदै राम्रो काम गर्नुपर्ने बताए । ‘मान्छे कति बेला खुसी हुन्छ,जब उसको कारण केही अरु खुसी भएको देख्छ उ खुसी हुन्छ , त्यसैले खुसी हुन कतै जानुपर्दैन , अरुलाई मद्धत गर्नुस्, खुसी आफैँ आउँछ । ’

संस्थाकी अध्यक्ष राधा सापकोटा ढकालले संस्थाको जन्म कठिन घडिमा भएको थियो । जतिबेला सारा विश्व कोरोना महामारीको त्रासमा आक्रान्त थियो त्यतिबेला नै यो फाउन्डेशनको अवधारणा अगाडि बढाइएको थियो । सबैभन्दा कठिन समयमा जन्मेको संस्था भएकाले यसले दुःख कठिनाईका साथ आफ्नो यात्रालाई अगाडि बढाइरहेको छ । कोरोना संक्रमणसँगै भएको लकडाउनमा काम विहीन भएर दुई छाक टार्न पनि मुश्किल भइरहेका बेला घरभित्रै रहेर पनि केही आयआर्जन गर्न सकिन्छ भन्ने सोच अगाडि बढाउँदा संस्थाको जन्म भएको थियो । त्यतिबेला ढाकाको मस्का बनाएर त्यसको बिक्री वितरण गरेर थोरै भएपनि आयआर्जन हुने बाटो पहिल्याइएको थियो भनिन् । 

महिलाहरूलाई स्वरोजगार बनाउन तथा उनीहरूको आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउन फाउण्डेशनले सीपमूलक तालिम प्रदान गर्नुका साथै महिला अधिकारका क्षेत्रमा आवाज उठाउने तथा पैरवी गर्ने कार्य गर्ने गरेको जानकारी उनले दिइन् ।  

महिलाहरूलाई विभिन्न प्रकारका सीपमूलक तालिम प्रदान गर्ने, महिला अधिकारका क्षेत्रमा पैरवी गर्ने, आदिवासी जनजाति, पिछडिएका वर्ग, लोपोन्मुख जातजातिहरूसँग रहेको परम्परागत सीपलाई अझ विस्तार गर्न तालीम दिने, उनीहरूले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण गर्ने, परम्परागत ज्ञान र सीपको अध्ययन र अनुसन्धान गर्ने/गराउने, स्वदेशी उत्पादनबाट हस्तकलाका सामग्री बनाउन तालीम दिने, महिलाहरूको सीप, क्षमता, प्रतिभालाई सञ्चारका विभिन्न माध्यमबाट प्रचार–प्रसार गराउने लगायतका उद्देश्य फाउण्डेशनको रहेको छ । यो सेवामूलक संस्था भएकाले आर्यआर्जन कम भएका तथा पिछडिएका समूदायका बालबालिकाहरूको शिक्षामा सहयोग पुर्‍याउन छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गर्ने उद्देश्य पनि फाउण्डेशनको रहेको छ । हिमालय फ्रेण्ड (जर्मनी) को सहयोगमा फाउण्डेशनले छात्रवृत्ति वितरण गरेको थियो । 

प्रतिक्रिया