सडक छिटो निर्माणको माग गर्दै सिरहाको मिर्चैयामा १ घण्टा चक्काजाम

राम्रो अनलाइन     ०२ माघ २०८१, बुधबार
सडक छिटो निर्माणको माग गर्दै सिरहाको मिर्चैयामा १ घण्टा चक्काजाम

 

काठमाडौं – सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै सिरहाको मिर्चैयाका बासिन्दाले पूर्वपश्चिम राजमार्गमा एक घण्टा चक्काजाम गरेका छन् । स्थानीयहरूले बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म चक्काजाम गरेका हुन् । सडक निर्माणमा ढिलासुस्ती गर्दा धुलोधुवाँको कारण स्वासप्रश्वासमा समस्यासँगै हिँडडुल गर्न पनि सास्ती खेप्नु परेको उनीहरुको गुनासो छ ।

पूर्वपश्चिम राजमार्गको सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटरको चार लेन सडक चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले निर्माण गरिरहेको छ । समयमै काम नसकिँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोले गर्दा स्थानीय आजित छन् । सडक छिटो निर्माणको माग गर्दै उनीहरूले पटकपटक आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया