जनकपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु

राम्रो अनलाइन     ०४ माघ २०८१, शुक्रबार
जनकपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु

 

जनकपुर – जनकपुरमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। ना ६ख ४५३७ नम्बरको बालुवा बोकेको ट्रकले ठक्कर दिँदा पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका-५ का ६० वर्षीय सत्यनारायण साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

शुक्रबार बिहान जनकपुरधाम उपमहानगरपालिका-७ मा बाटो काट्दै गरेका साहलाई ट्रकले ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ।

ट्रक चालक धनुषाको मिथिला नगरपालिका-११ लालगढका ४१ वर्षीय शिवकुमार दमाईलाई पक्राउ गरेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया