मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा १९ चौपाया मरे

राम्रो अनलाइन     २७ माघ २०८१, आइतबार
मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा १९ चौपाया मरे

 

चितवन – चितवनको इच्छाकामना गाउँपालिका– ४ लेवाटार नजिकै एक मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा १९  चौपाया मरेका छन् । उक्त दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

१४३ वटा खसी बोका लोड गरेर बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक रोडको साइडमा अनियन्त्रित भई पल्टिएको हो । 

उक्त मिनी ट्रक बर्दिया राजापुर नगरपालिका ३ बस्ने वर्ष २५ का बुद्धिराम थारुको रहेको प्रहरीको भनाइ छ । चालक पनि उनी आफै रहेका थिए । 

प्रतिक्रिया