राप्रपा नेताहरूसहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

राम्रो अनलाइन     २६ चैत २०८१, मङ्गलबार

काठमाडाैं – राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले उनीहरूलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।

उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ। यसअघि उनीहरूलाई दुईपटक क्रमशः ५ दिन र ६ दिन म्याद थप गरिएको थियो। त्यस्तै सोही घटनामा आपराधिक उपद्रव र संगठित अपराध कसुरमा पक्राउ परेका ५३ जनालाई थप २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

प्रतिक्रिया