वरिष्ठ पत्रकार चालिसेको निधन

राम्रो अनलाइन     १६ जेठ २०८२, शुक्रबार

काठमाडौँ– वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ । 

अर्बुद रोगबाट पीडित उनको आज बिहान अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो । आजै उनको गोकर्णेश्वर घाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 

गोरखापत्र संस्थानको अध्यक्ष र गोरखापत्र दैनिकको प्रधानसम्पादकको जिम्मेवारी सम्होका उनी प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष चालिसेका कथा, उपन्यास, नियात्रा, पत्रकारिता, बालसाहित्यका ५० पुस्तक प्रकाशित छन् । स्वर्गीय चालिसका दुई छोरा र एक छोरी छन् ।  

प्रतिक्रिया