पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

राम्रो अनलाइन     २८ जेठ २०८२, बुधबार
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडाैं– पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको  प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।

उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी दिएको छ।

पाठकले तीन साता अघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत 'हिलटन होटल र कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरबीरबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए। 

प्रतिक्रिया