काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । थप ८ हजार ४१८ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर टेष्ट गर्दा ८२८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै संक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ । उनीहरुमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा छन् ।