वडा कार्यालयमा आगलागी हुँदा ७ लाखभन्दा बढीको क्षति

राम्रो अनलाइन     २६ असार २०८२, बिहिबार

तनहुँ- यहाँको शुक्लागण्डकी नगरपालिका-११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब आठ लाख रूपैयाँबराबरको क्षति भएको छ।

आगलागीबाट ७ लाख ९८ हजार रूपैयाँबराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए।

आगोले ९० वटा कुर्सी, चारवटा दराज, सोफा, टेबल, एउटा फ्रिज नष्ट भएका छन्।

 

प्रतिक्रिया