जशोधा कार्की राजनीतिक शास्त्रको स्नातकोत्तर विद्यार्थीका साथै रंगमञ्च कलाकार हुन् । उनी दोलखा जिल्लाबाट मिस नेपालमा सहभागी भएकी हुन् । उनी आफ्ना सपाना साकार गर्दैछिन् । उनी मिस नेपाल रुपान्तरणकारी मञ्च भएको समाजमा समवेशीता एकता र सकरात्मक परिवर्तन ल्याउन सहभागी भएको बताउँछिन् । उनी भन्छिन्,‘मैले मिस नेपालमा सहभागिता जनाउनुको कारण यो एउटा रूपान्तरणकारी मञ्च हो भन्ने मेरो विश्वास हो, म नेतृत्वमा विनम्रता, साहास र समावेशीतालाई मुख्य मुल्य राख्छु । मलाई लाग्छ असल नेता भनेको अगाडि बढ्न प्रेरित गर्ने हो, सबैको आवाज र मागलाई प्रेरित गर्ने हो । नेतृत्व भनेको अगाडि मात्र हिड्ने होइन सँगै पनि हिड्नु हो । यसबाट म समाजमा समवेशीता एकता र सकरात्मक परिवर्तन ल्याउन चाहान्छु ।’


