काठमाडौँ उपत्यकामा प्रहरीका १२२ भवनमा पूर्ण क्षति, १२१ गाडीमा आगजनी

राम्रो अनलाइन     ३१ भदौ २०८२, मङ्गलबार
काठमाडौँ उपत्यकामा प्रहरीका १२२ भवनमा पूर्ण क्षति, १२१ गाडीमा आगजनी

काठमाडौँ– जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले काठमाडौँ उपत्यकामा प्रहरीका १ सय २२ भवनमा आगजनी गरेका छन् । आगजनीबाट भवन पूर्ण रूपमा जलेका छन् । 

उपत्यकामा रहेका ९६ वटा युनिटमा भने आंशिक क्षति पुगेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । भदौ २४ मा भएको तोडफोड र आगजनीमा प्रहरीको कुल २१८ भवनमा क्षति पुगेको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा प्रहरीको १२१ वटा गाडीमा आगजनी गरिएको छ । आगजनीका कारण ११७ वटा गाडी पूर्ण रूपमा जलेका छन् । ४ वटा गाडीमा आंशिक क्षति पुगेको छ ।

दुई पांग्रे सवारी साधन १५८ वटा आगजनीमा परेका छन् । साइबर ब्यूरोको ४ वटा गाडीमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । रानीपोखरी स्थित उपत्यका प्रहरी कार्यालयमा राखिएका सशस्त्र प्रहरीको ३ वटा र राष्ट्रिय अनुसन्धान विभागको एउटा गाडीमा आगजनी गरिएको छ । रानीपोखरीमा जलेको अवस्थामा भेटिएको एउटा टोयोटा गाडी कसको हो भन्नेबारे खुलेको छैन । 

प्रतिक्रिया