काठमाडाैं– नेकपा एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलाएको छ।
देशको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सोमबार बैठक बोलाएको एमालेका नेता महेश बर्तौलाले जानकारी दिए।
उक्त बैठकमा मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागी निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने बताइएको छ।