एसएसपी विश्व अधिकारी डीआईजीमा बढुवा सिफारिस

राम्रो अनलाइन     ०१ मंसिर २०८२, सोमबार
एसएसपी विश्व अधिकारी डीआईजीमा बढुवा सिफारिस

काठमाडाैं – प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो । यसअघिको बढुवामा उनी छुटेका थिए । बढुवाका पहिलो नम्बरमा रहेका एसएसपी अधिकारीलाई छुट्दा पाँच एसएसपीलाई डीआईजीमा बढुवा गरिएको थियो ।

अधिकारी २३ र २४ भदौमा जेनजी आन्दोलनका बेला जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख थिए । सोही घटनापछि उनलाई सरुवा गर्दै परिसर काठमाडौंको जिम्मेवारी एसएसपी रमेश थापालाई दिइएको थियो ।

प्रतिक्रिया