काठमाडाैं– नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजसामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनायो।
जनकपुरको सुरुवात भने राम्रो रहन सकेको थिएन। ओपनर आसिफ शेखले एकातर्फबाट उत्कृष्ट अर्धशतकीय पारी खेल्दै इनिङ्स सम्हाले पनि अर्कोतर्फबाट निरन्तर विकेट पतन हुँदा टोलीले ठूलो स्कोर बनाउन सङ्घर्ष गर्नुपर्यो।
आसिफले ४१ बलमा ६ चौका र १ छक्कासहित ५४ रनको महत्त्वपूर्ण योगदान दिए।