कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु

राम्रो अनलाइन     ११ मंसिर २०८२, बिहिबार

काठमाडौँ–  कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–२७, कान्तिपथस्थित सडकमा बिएबी ५७२४ नम्बरको कारले बा. ८२ प. २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङगाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको हो ।

गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया