गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

राम्रो अनलाइन     १७ मंसिर २०८२, बुधबार
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

काठमाडाैं – गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन्।

शाक्यलाई बैंकिङ कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललितपुरको जावलाखेल भनिमण्डलबाट पक्राउ गरेको हो।

राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुन विपरित कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको कसुरमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सीआईबी टोलीले जनाएको छ।

बैंकलाई हानी नोक्सानी पुर्‍याएको र अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको उनीमाथि आरोप लागेको छ।

सोही कसुरमा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अशोक शेरचनसहित डीसीईओ मणिराम पोखरेल र बैंकका प्रमुख कर्जा अधिकृत ९सीसीओ० रिवास श्रेष्ठ यसअघि नै पक्राउ परिसकेका छन्।

प्रतिक्रिया