धोबीखोलामा साइकलसहित मृत फेला परेका पुरुषको सनाखत

राम्रो अनलाइन     १८ मंसिर २०८२, बिहिबार
धोबीखोलामा साइकलसहित मृत फेला परेका पुरुषको सनाखत

काठमाडौँ– काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोलामा साइकलसहित एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहीबार बिहान करिब ६स्५० बजेको समयमा काठमाडौँ महानगरपालिका–२९ मा शव फेला परेको हो।

मृतकको पहिचान काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका(१ घर भई हाल शंखमुल बस्ने करिब ५० वर्षीय ललित गिरीका रूपमा भएको छ। मृतककी श्रीमतीले गिरीको सनाखत गरेको प्रहरीले जानकारी दिएको छ।

घटनास्थलमा प्रहरी टोली खटिएको र लास जाँच मुचुल्काको कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानको कार्य अगाडि बढाइएको छ। मृत्युको कारणबारे विस्तृत विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया