पावर प्लेमा काठमाण्डू गोर्खाजको खराब सुरुआत

राम्रो अनलाइन     १८ मंसिर २०८२, बिहिबार
पावर प्लेमा काठमाण्डू गोर्खाजको खराब सुरुआत

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को आज भइरहेको खेलमा काठमाण्डू गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ पावर प्लेमा खराब सुरुआत गरेको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको काठमाण्डूले पोखराविरुद्ध पहिलो ६ ओभरमा दुई विकेट गुमाएर ३१ रन बनाएको छ । 

हाल क्रिजमा रहेका ओपनर बेन चाल्र्सवर्थले १९ रन बनाएका छन् । मिल्न्दि कुमार एक रनमा खेलिरहेका छन् । त्यसअघि पभेलियन फर्किएका राशिद खानले सात रन जोडे । 

ओपनर आकाश त्रिपाठी शून्यमा आउट भए । पोखराका धनन्जय लक्षणले दुई विकेट लिए । पोखरा प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । पाँच खेल खेलेको पोखराले दुई जित र तीन हारसहित चार अंक मात्र जोडेको छ । 

काठमाडौंले भने ६ खेलबाट आठ अंक जोडेको छ । यो काठमाण्डूको प्रतियोगिताको लिग चरणको अन्तिम खेल हो ।
 

प्रतिक्रिया