दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

राम्रो अनलाइन     २१ मंसिर २०८२, आइतबार
दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

बैतडी– दार्चुलामा भूकम्प भएको छ।  उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो।

आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले जानकारी दिए । भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो।

प्रतिक्रिया