रसुवामा भालुको आक्रमणबाट दुईजना घाइते

राम्रो अनलाइन     २२ मंसिर २०८२, सोमबार
रसुवामा भालुको आक्रमणबाट दुईजना घाइते

रसुवा– भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा सोमबार (मंसिर २२) दुईजना गम्भीर घाइते भएका छन् ।

भालुको आक्रमणबाट घाइते हुनेमा नौकुण्ड गाउँपालिका–५, खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५, डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल छन् । उनीहरूलाई सोमबार बिहान भालुले आक्रमण गरेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिए ।

निजी जमिनमा घाँस काटिरहेको अवस्थामा लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलबाट निस्केको भालुले आक्रमण गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा उनीहरूको प्राथमिक उपचार गरिएको थियो । थप उपचारका निम्ति उनीहरूलाई काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया