पाल्पामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु, आठ घाइते

राम्रो अनलाइन     २६ मंसिर २०८२, शुक्रबार
पाल्पामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु, आठ घाइते

पाल्पा – पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो । 

दुर्घटनामा आठ जना घाइते भएका छन् । जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी र्दिए । 

मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन । घाइतेको उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।  

 

प्रतिक्रिया