दैलेखमा भरुवा बन्दुकसहित एकजना पक्राउ

राम्रो अनलाइन     ०६ पुस २०८२, आइतबार

काठमाडौं– दैलेखमा भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौमुले गाउँपालिका–२, नाउलीका ३७ वर्षीय भीमबहादुर शाही छन् ।

नौमुले–९, सुनपाटाबाट भरुवा बन्दुक एकथानसहित शनिबार (पुस ५) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको टोलीले उनलाई उक्त बन्दुकसहित नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया