‘जेनजी’लाई विरोध प्रदर्शन गर्न प्रशासनले दिएन अनुमति

राम्रो अनलाइन     ०७ पुस २०८२, सोमबार
‘जेनजी’लाई विरोध प्रदर्शन गर्न प्रशासनले दिएन अनुमति

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नदिने भएको छ । आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा पुगेको टोलीलाई अनुमति नदिइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले सोमबार (पुस ७) जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाएको बताए ।

‘आन्दोलनको अनुमति दिनुपर्ने भन्दै फरक–फरक पत्र बुझाउनुभएको छ । प्रशासनले कसैलाई पनि अनुमति दिएको छैन, दिँदैन,’ सीडीओ पौडेलले भने । आइतबार (पुस ६) आन्दोलनको घोषणा गरेका जेनजी समूहले अनुमति नै नलिई सडकमा उत्रने उद्घोष गरेका थिए । सोमबार उनीहरू आन्दोलन गर्न अनुमति माग्दै प्रशासन कार्यालय पुगेका हुन् । 

गरी खान देऊ अभियानका जेनजी अगुवा हरिश भट्टले छलफल भइरहेको बताए । ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । प्रशासनले अनुमति नदिए पनि हामी माइतीघर जान्छौँ । आज सीमित संख्यामा उपस्थिति हुने र क्रमशः बढाउँदै जानेछौँ,’ उनले भने ।  जेनजी समूहको विरोध प्रदर्शन सोमबार बिहान ११ बजेदेखि माइतीघरमा हुने भनिएको थियाे । 

प्रतिक्रिया