अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । १६ जना घाइते छन् ।
भूमिकास्थान–१०, धनचौरबाट नुवाकोटतर्फ गइरहेको लु२च ५१७९ नम्बरको जीप भूमिकास्थान–७, छिर्लिङ खोलानजिक दुर्घटना भएको हो । दुर्घटनामा जीपका चालक धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते सबैको उपचार अर्घाखाँची अस्पतालमा भइरहेको छ । भूमिकास्थान नगरपालिकाले आज (पुस ११) देखि आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन गएका विद्यार्थी सवार जीप
दुर्घटनापछि प्रतियोगिताअन्तर्गत आजका सबै खेल स्थगन गरिएको नगरपालिकाले जनाएको छ ।