नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट

राम्रो अनलाइन     १६ पुस २०८२, बुधबार
नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट

काठमाडौं– नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ। सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा।केशवराज भुर्तेलले हस्ताक्षर गर्नु भएको हो। 
 
सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीले उक्त छुट पाउने छन।  छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नु पर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया