बाँके–निर्वाचन आयोगका आयुक्त डा जानकी कुमारी तुलाधरले बाँके जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएकी छिन् । सुरक्षा समिति, बाँकेको सोमबार आयोजित बैठकमा आयुक्त डा. तुलाधरले निर्वाचनको सुरक्षा अवस्थाबारे जानकारी लिएकी हुन् ।
नेपालगञ्जमा सोमबार आयोजित प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ सम्बन्धी निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरणमा सहभागी हुन् आयुक्त डा. तुलाधर बाँकी आएकी हुन् ।
प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको अध्यक्षतामा बसेमा बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वाच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिबाट हालसम्म भएका तयारी र मुख्य क्रियाकलापहरू आयुक्त डा. तुलाधरलाई जानकारी गराइएको थियो ।
बैठकमा आयुक्त तुलाधरले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न हालसम्म आयोगबाट गरिएका प्रयास, भएका निर्देशन र व्यवस्थापनको जानकारी गराउनु हुँदै सबै सुरक्षा अधिकारीलाई जिम्मेवारीपूर्वक कार्य गरी सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिइन् ।