काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट एमालेका मणिराम फुयालले मनोनयन दर्ता गराएका छन् ।
फुयालले मंगलबार कागेश्वरी मनोहरा नगरपालिकामा आफ्ना समर्थकको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनीभन्दा अघि नेकपा संयुक्तबाट उपेन्द्र कार्की, नेपाल मजदुर किसान पार्टीबाट शर्मिला माली र स्वतन्त्र उम्मेदवार रूपक सिम्खडाले यही क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए ।
यस्तै, राप्रपाकी नेत्री कुन्ती पोखरेलले पनि यही क्षेत्रबाट उम्मेदवारी दर्ता गराएकी छन् ।