काठमाडौं – कैलालीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । ३० वर्षीया हिरा दाहालको हत्या गरेको आरोपमा धनगढी उपमहानगरपालिका–१३, राजपुर डेरा गरी बस्ने सोही उपमहानगरपालिका–८ घर भएका सतिङ दाहाल पक्राउ परेका हुन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
घरायसी वादविवादको क्रममा सतिङले कुटपिट गर्दा हिरा गम्भीर घाइते भएकी थिइन् । हिराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सतिङलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सेती प्रादेशिक अस्पताल नजिकबाट पक्राउ गरेको जनाइएको छ ।