सुनको मूल्य एकैदिन तोलामा १८ हजार ८०० ले घट्यो

राम्रो अनलाइन     १८ माघ २०८२, आइतबार
सुनको मूल्य एकैदिन तोलामा १८ हजार ८०० ले घट्यो

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य स्वाट्टै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९माघ १८० तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो । 

शुक्रबार (माघ १६) सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  आजको मूल्य प्रतितोला तीन लाख रुपैयाँ छ ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँले घटेर पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार सात हजार ६५ रुपैयाँ थियो । 

प्रतिक्रिया