प्रभु बैंकको सीईओमा सुमन शर्मा, आजै पदबहाली

राम्रो अनलाइन     २० माघ २०८२, मङ्गलबार
प्रभु बैंकको सीईओमा सुमन शर्मा, आजै पदबहाली

काठमाडौं– प्रभु बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मालाई नियुक्त गरिएको छ । तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले सोमबार राजीनामा दिएपछि रिक्त पदमा सुमन शर्मालाई नियुक्त गरिएको छ । 

सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले शेरचनको राजीनामा स्वीकृत गरेपछि आज बसेको बोर्ड बैठकले भने अनुभवि बैंकर शर्मालाई सीईओमा नियुक्त गरेको हो । 

उनलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको छ । नियुक्तिसँगै आजै पदवहाली गरिएको बैंकका सूचना अधिकारी रवीन्द्र ढकालले जानकारी दिए । 

सफल बैंकर शर्माले सन् १९९७ बाट नेपाल एसबीआई बैंकमार्फत वैकिङ करियर सुरु गरेका हुन् ।  पछिल्लो समय माछापुच्छ्रे बैंक, सनराइज् बैंक लगायतमा सीईओ रहिसकेका शर्मासँग करिब साढे दुई दशकसम्मको बैंकिङ क्षेत्रमा अनुभव छ । यसरी उनले बैंकिङ उद्योगमा कुशल र दक्षता प्रस्तुत गरिसकेका छन् ।

सीईओ शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले नेदरल्यान्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए उत्तीर्ण गरेका छन् । उनी एमबीएमा स्वर्ण पदक विजेता हुन् । 
 

प्रतिक्रिया